अमेरिकामा अफगानी नागरिकको लागि अध्यागमन अनुरोध निलम्बित
सारांश
- अमेरिकाले अफगानी नागरिकका लागि सबै प्रकारका अध्यागमन अनुरोधहरू निलम्बन गरेको छ।
- ह्वाइट हाउस नजिकै भएको गोलीबारीमा दुई सैनिक घाइते भएपछि यो निर्णय आएको हो, जसमा एक अफगानी नागरिक संलग्न थिए।
- पूर्व राष्ट्रपति ट्रम्पले घटनालाई आतंकवादी कार्यको रूपमा लिएका छन् र बाइडेन प्रशासनको नीतिमाथि प्रश्न उठाएका छन्।
वासिङ्टन डीसी । अमेरिकाले अफगानी नागरिकका लागि सबै खाले अध्यागमन अनुरोधको प्रोसेसिङ निलम्बन गरेको छ । विचाराधीन सुरक्षा प्रोटोकल समीक्षाका कारण यो निर्णय गरिएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूसीआईएस)ले भनेको छ । माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा यूसीआईएसले भनेको छ, ‘मातृभूमि र अमेरिकी जनताको सुरक्षा हाम्रो एकमात्र ध्येय र लक्ष्य बनेको छ ।’
ह्वाइट हाउस नजिकै भएको गोलीबारीमा दुई राष्ट्रिय गार्ड सैनिक गम्भीर घाइते भएपछि यो निर्णय आएको हो । संदिग्ध बन्दुकधारी २०२१ को सेप्टेम्बरमा अमेरिका प्रवेश गरेका अफगान नागरिक थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आक्रमणलाई आतंकवादी कार्य बताएका छन् । अमेरिकामा बस्न अयोग्य कुनै पनि देशबाट आएका विदेशीहरूलाई हटाउने कदमहरू आफूले चाल्ने पनि उनले भनेका छन् ।
पूर्व राष्ट्रपति जो बाइडेनको पालामा अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएपछि २०२१ मा दशौं हजारं अफगानीलाई विशेष खालको आप्रवासन सुरक्षामा अमेरिका प्रवेश गर्न दिइएको थियो । ह्वाइट हाउसबाहिर भएको गोलीकान्डका संदिग्धलाई बाइडेनको पालाको अपरेशन एलिज वेलकम नाम गरेको कार्यक्रम अन्तर्गत अमेरिका छिरेका २९ वर्षीय अफगानी नागरिक रहमानउल्लाह लकनवालको रूपमा पहिचान गरिएको छ ।
‘बाइडेनको पालामा अफगानिस्तानबाट हाम्रो देशमा प्रवेश गरेका प्रत्येक विदेशीको पुनः जाँच गर्नुपर्छ ।’ गोलीबारी पछि जारी एक विज्ञप्तिमा ट्रम्पले भनेका थिए । ट्रम्पले यस अघि नै अफगानिस्तान समेत मुस्लिम बाहुल अन्य ११ देशका नागरिकहरूमाथि अमेरिकाको यात्रा प्रतिबन्ध लगाएका छन् । यसैमाथि पछिल्लो निलम्बन लागू भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण