बङ्गलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने, सुनकोशी–३ मा लगानी गर्न तयार
काठमाडौँ। बङ्गलादेशले सुनकोशी–३ आयोजनामा लगानी गर्ने निश्चित भएको छ । दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा बङ्गलादेशले थप २० मेगावाट विद्युत् लैजाने सहमति गरेको हो।
ऊर्जा मन्त्रालयका अनुसार आयोजनाको लगानी प्रक्रिया अघि बढाउन बङ्गलादेशले आयोजना मूल्याङ्कनका लागि विशेषज्ञ समिति गठन गरी प्रक्रियालाई अघि बढाउने सहमति भएको छ ।
त्यस्तै, बङ्गलादेशले नेपालसँग तत्काल थप २० मेगावाट बिजुली किन्नेछ । हाल ४० मेगावाट विद्युत् बिक्री हुँदै आएकोमा अब नेपालसँग कुल ६० मेगावाट बिजुली किन्ने सहमति भएको हो ।
वार्ताका लागि बैठकका लागि ऊर्जा सचिव चिरञ्जिवी चटौतको नेतृत्वमा टोली मंगलबार अहिले बङ्गलादेशमा छ ।
यसबाहेक बङ्गलादेशसँग विद्युत् निर्यातका लागि थप प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रदान गर्ने तथा नेपाल भारत र बङ्गलादेशबिच ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारीपत्रमा सहमतिका लागि भारतसँग दुवै पक्षले पहल गर्ने विषयमा समेत समझदारी भएको मन्त्रालयका प्रवक्ता सन्दीप कुमार देवले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण