चियामा पहिला के हाल्ने ? दूध, चियापत्ति कि चिनी ?
सारांश
- नेपालीहरूका लागि चिया एक महत्त्वपूर्ण पेय पदार्थ हो, जसले उनीहरूलाई ऊर्जावान बनाउँछ।
- धेरै मानिसहरू चिया बनाउने गलत तरिका प्रयोग गर्छन्, त्यसैले सहि तरिका सिक्नु आवश्यक छ।
- परफेक्ट चिया बनाउन पानी उमालेर दूध, चियापत्ती, र अन्य सामग्रीहरू सही समयमा थप्नुपर्छ।
काठमाडौं । नेपालीहरूका लागि चिया पेय पदार्थ मात्र होइन, धेरैको लागि यो बिहान निद्रा भगाउने औषधि नै हो । बिहान चिया नखाईकन आँखै खुल्दैन भन्नेहरू हाम्रो वरिपरि टन्नै भेटिन्छन् ।
चिया पिउने बित्तिकै उनीहरू ऊर्जावान् महसुस गर्छन्, दिमाग ताजा भएको र थकान पनि भागेको महसुस गर्छन् । कतिपयलाई त चिया खान पाएन भने टाउकै दुख्न थाल्छ । चिया खाएपछि बल्ल सन्चो हुन्छ ।
तपाईँ पनि चिया प्रेमी हुनुहुन्छ ? तर के तपाईँलाई चिया बनाउने सही तरिका थाहा छ ? धेरै मानिसहरू गलत तरिकाले चिया पकाइरहेका हुन्छन् । आजको यस लेखमा हामी चिया बनाउने सही तरिकाबारे कुराकानी गर्नेछौँ ।
‘पर्फेक्ट’ चिया बनाउन सबैभन्दा पहिले एउटा भाडामा २ कप पानी खन्याउनुहोस् । सबैभन्दा पहिले यो पानीलाई उम्लन दिनुस्, ताकि दूध थपेपछि दूधको कच्चापन नदेखियोस् । पानी उमालेपछि मात्रै दूध थप्नुहोस् । त्यसपछि एक मिनेट पछि चियापत्ति हाल्नुहोस् । तपाईँले जति धेरै पानी हाल्नु हुन्छ, त्यति नै धेरै चिया पत्ति चाहिन्छ । हरेक एक कप चियाका लागि आधा चम्चा चिया पत्ति ठिक्क हुन्छ ।
यसरी पकाउँदा चियामा कच्चापन आउँदैन र दूध जम्ने सम्भावना पनि रहँदैन । दूध पहिले नै उमालेर राख्नु भएको छ भने पहिले पानी उमाल्नेर चियापत्ति हालेर केही बेर पकाएपछि मात्रै दूध थप्नुहोस् । यसलाई अझ केही बेर पकाउनुहोस् ।
चिनी घुल्न धेरै समय लाग्दैन, त्यसैले चिनीलाई जुनसुकै समयमा हाल्दा पनि हुन्छ । यस पछि, अलैँची र अदुवा लगायत आफूलाई मन पर्ने जुनसुकै चीज थप्न सक्नुहुन्छ । यसलाई राम्ररी पकाउनुहोस्, र त्यसपछि यसलाई छानेर खान सक्नु हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण