२० मङ्सिरमा विवाह गर्दै अभिनेत्री पूजा शर्मा
शुक्रबार, १२ मङ्सिर २०८२, १२ : ४२
सारांश
- अभिनेत्री पूजा शर्माले मङ्सिर २० गते प्रेमी युद्ध बानियाँसँग विवाह गर्ने भएकी छन्।
- विवाह भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटल फच्र्युनमा हुने भएको छ, जसमा सीमित व्यक्तिहरूलाई बोलाइएको छ।
- पूजा र युद्धको प्रेम सम्बन्ध ६ वर्ष पुरानो हो, र उनीहरूले झम्सिखेलमा रेस्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन्।
काठमाडौँ । अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने भएकी छन् । यही मङ्सिर २० गते उनले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन् ।
विवाह भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटल फच्र्युनमा आयोजना गरिएको छ । विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्य, आफन्त र साथीभाइलाई निम्त्याइएको छ ।
पूजा र युद्धको विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको बेला उनले आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेकी थिइन् । युद्धले औँठी लगाइदिएर पूजालाई प्रेम प्रस्ताव राखेका थिए । पूजाले युद्धसँग मिलेर झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेकी छन् ।
फिल्म भने पूजाले दशैंभन्दा अगाडि ‘३६ को आँकडा’को छायाङ्कन सकिएकी छन् । एक एक्सन फिल्म निर्माणको तयारीमा छिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण