एनसेलले ल्यायो मोबाइल एपबाटै एनपीएल लाइभ हेर्नसक्ने सुविधा
काठमाडौँ । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्लेप्याक सञ्चालनमा ल्याएको छ ।
यो प्याकका साथ ग्राहकहरूले डिसहोम गो–एपमार्फत् हाल भइरहेका खेलहरू आफ्नै मोबाइलबाट हेर्न सक्नेछन् । ग्राहकले एनपीएल दोस्रो संस्करणका खेल सहज रूपमा हेर्न सकुन् भन्ने उद्देश्यले एनपीएल प्ले प्याक सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा कर सहित २९९ रुपैयाँ तिरेर एनपीएल प्ले प्याक लिन सक्नेछन् ।
एनपीएल प्ले प्याकमा २८ दिनका लागि मान्य रहनेछ । बन्डल सेवाका रूपमा १ जीबी डेटा पाउने एनसेलले जनाएको छ ।
ग्राहकले एनसेल एप वा ८१२३३ डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन् भने मुलुकभर रहेका एनसेलका खुद्रा विक्रेताहरू मार्फत पनि प्याक खरिद गर्न सक्ने एनसेलले जनाएको छ ।
प्याक किनेपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत डिशहोम गो एप लगइन गरी एनपीएलका खेल लाइभ हेर्न सक्नेछन् ।
‘बन्डल डेटाका साथ एनपीएल दोस्रो संस्करणका खेलहरू हाम्रा ग्राहकहरूले प्याकमार्फत मोबाइलमा प्रत्यक्ष रूपमा हेर्न पाउने व्यवस्था गर्न पाएकोमा हामी निकै खुसी छौ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, ‘डिशहोमसँगको हाम्रो यो साझेदारीले ग्राहकहरूलाई निर्बाध रूपमा एनपीएलका खेलहरू लाइभ खेल हेर्ने सुविधा प्रदान गरेको छ । यसले सबैलाई जोड्ने क्रिकेट खेलको रोमाञ्चकतालाई झन बढाउने छ ।’
एनसेलले एनपीएलसँग पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड वाइ’का रूपमा सहकार्य जारी राखेको छ । यस पटक ‘युनाइटेड वाइ क्रिकेट, कनेक्टेड वाइ एनसेल’ भन्ने नाराका साथ एनसेल एनपीएलमा आबद्ध रहेको छ । एनपीएलका खेलहरूलाई थप रोमाञ्चक बनाउनका लागि एनसेलले एनपीएल फ्यान प्याकहरू पनि सार्वजनिक गरिसकेको छ ।
यसैगरी एनसेल फाउन्डेसनले पनि गत वर्ष जस्तै यस वर्ष पनि व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गतको कामलाई जारी राखेको छ । जसमा एनपीएलका खेलमा प्रहार हुने प्रत्येक चौका बापत एनसेलले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण