जेनजीसँग सम्झौताको तयारी : प्रधानमन्त्री कार्कीद्वारा सोमबारभित्र टुङ्ग्याउन निर्देशन
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवाहरूसँग छलफल गरिन् र सम्झौताको मस्यौदालाई चाँडै अन्तिम रूप दिन निर्देशन दिइन्।
- जेनजी पक्षले सम्झौतामा हस्ताक्षर प्रक्रिया ढिलो भएको गुनासो गरेपछि, प्रधानमन्त्रीले छिट्टै टुंग्याउन निर्देशन दिइन्।
- प्रधानमन्त्रीले सम्झौताका कारण आउने राजनीतिक र प्रशासनिक चुनौतीको जिम्मेवारी लिन सरकार तयार रहेको बताइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा प्रतिनिधिसँग शुक्रबार छलफल गरेकी छन् । सो क्रममा सरकारले अघि बढाइरहेको जेनजीसँगको सम्झौताको मसौदालाई चाँडो अन्तिम रूप दिन सम्बद्ध निकायलाई उनले निर्देशन दिइन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा जेनजी पक्षले सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया अनावश्यक रूपमा ढिलो भइरहेको भन्दै सरकारलाई शीघ्र निष्कर्षमा पुग्न आग्रह गरेको थियो। सो क्रममा सरकारका अधिकारीहरूले जेनजीतर्फबाट प्राप्त दस्ताबेज अध्ययन भइरहेको र मसौदा अन्तिम रूप दिने काम अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सम्झौता प्रक्रिया लामो समयसम्म नलगेर छिटो टुङ्ग्याउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले भनिन्, ’अब यो विषय धेरै लम्ब्याउनु हुँदैन। आज सकिन्छ भने आजै, नभए भोलि शनिबार पनि काम गर्नुहोस्। पर्सि आइतबार दिनभर लागे लागोस्, जे–जे हेर्नुपर्छ हेर्नुहोस्। सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ।’
र सम्झौतामा हस्ताक्षर भएपछि देखिन सक्ने राजनीतिक वा प्रशासनिक चुनौतीहरूको जिम्मेवारी लिन सरकार तयार रहेको समेत प्रधानमन्त्रीले बताएकी थिइन् । उनले भनिन्, ’हस्ताक्षर गरेकै कारण केही बेहोर्नुपरे म बेहोरौँला। मेरो सिङ्गो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्ताबेज हो। कर्मचारी प्रशासकहरूले चिन्ता लिनुपर्दैन ।’
सरकार र जेनजीबिचको वार्ता हुँदै आए पनि सहमति ठोस सहमति भएको छैन। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बलमा कार्की नेतृत्वको सरकार बनेको हो । सरकार बनेपनि हालसम्म समग्र विषयमा जेनजीसँग लिखित सहमति भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण