रुख काट्ने क्रममा एक जनाको मृत्यु
शुक्रबार, १२ मङ्सिर २०८२, २० : ३३
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६, स्थित नामजाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ५ बजे रुख काट्दा रुखले लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला खोटाङ जान्सेढुंगा गाउँपालिका–२, स्थित बोपुङ घर भएका अन्दाजी करिब ३२ वर्षीय दिपेश राई रहेका छन् ।
स्थानीय सुवास चन्द्र गुरुङको बारीमा भोजपुर घर भएका सुरेश लाईले रुख काट्ने क्रममा रुखले लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए ।
प्रहरी चौकी सिधुवाका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर श्रेष्ठको कमाण्डमा प्रहरी टोली खटी उक्त रुख काट्ने व्यक्तिलाई प्रहरी चौकी सिधुवामा राखी थप अनुसन्धान र भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण