अध्यक्ष यादवले दिए कार्यकर्तालाई प्रशिक्षण
सारांश
- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका छन्।
- प्रशिक्षण कार्यक्रममा राजनीतिक शक्तिहरूको तुलनात्मक अध्ययन, नीति, सिद्धान्त र नेतृत्व विकासबारे जानकारी दिइयो।
- कार्यक्रममा डिजिटल युगमा एआई र सोसल मिडियाको प्रयोग, नेपालको अर्थतन्त्र र निर्वाचन व्यवस्थापनबारे पनि प्रशिक्षण दिइयो।
धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेता, कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । अध्यक्ष यादवले पार्टी स्कुल तथा प्रशिक्षण विभागको आयोजनामा जनकपुरको शुभम् होटलमा शुक्रबारसम्म चलेको तीन दिवसीय कार्यक्रममा नेता, कार्यकर्तालाई प्रशिक्षण दिएका हुन् ।
अध्यक्ष यादवले नेपालको राजनीतिक शक्तिहरुको तुलनात्मक अध्ययन, जसपा नेपालको नीति, सिद्धान्त तथा नेतृत्व विकासलगायतका विषयमा प्रशिक्षण दिएको पार्टी प्रचार विभागले जानकारी दिएको छ ।
साथै देशको वर्तमान राजनीतिक अवस्था, दलहरुको वैचारिक दिशा, शक्ति सन्तुलन, संघीयता, गणतन्त्र तथा समसामयिक राजनीतिक चुनौतीको विषयमा अध्यक्ष यादवले प्रकाश पारेका थिए ।
_SnaO7ltV5b.jpg)
कार्यक्रममा राजनीतिक विश्लेषक जय निशान्तले डिजिटल युगमा एआई तथा सोसल मिडियाको प्रयोग, नेतृत्व विकास तथा नेपालको वर्तमान घटनाक्रम तथा निर्वाचनको कुशल व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
अर्थशास्त्री उमाशंकर प्रसाद साहले नेपालको अर्थतन्त्रको अवस्था, संघ प्रदेशहरुबीचको विभेदपूर्ण वित्तिय हस्तान्तरणबारे प्रशिक्षण दिएको बताइएको छ । समापन समारोहमा पार्टी अध्यक्ष यादवले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
पार्टी प्रदेश समिति, जिल्ला समिति र राष्ट्रिय समितिका पदाधिकारीहरु, सदस्यहरु, जनप्रतिनिधि तथा मनोनित सदस्यहरु प्रशिक्षणमा सहभागी रहेको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण