स्पेसएक्सको ‘राइडशेयर’ मिसन सफलतापूर्वक प्रक्षेपण
सारांश
- स्पेसएक्सले ‘राइडशेयर’ मिसन सफलतापूर्वक प्रक्षेपण गर्यो, जसमा विभिन्न साना उपग्रहहरू थिए।
- यो मिसनले एउटै प्रक्षेपणमा धेरै उपकरण पठाएर खर्च बचत गर्छ र साना मिशनहरूलाई सहयोग गर्छ।
- मिशनमा १४० पे–लोड थिए र स्पेसएक्सले यसअघि १,४०० भन्दा बढी पे–लोड पठाइसकेको छ।
वासिङ्टन डीसी । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार आफ्नो नयाँ ‘राइडशेयर’ मिसन सफलतापूर्वक अन्तरिक्षतर्फ पठाएकाे छ । ‘राइडशेयर’ मिसन भनेको एउटा रकेटमार्फत एकैपटक धेरै साना उपग्रह वा उपकरणहरूलाई अन्तरिक्षमा पठाउने कार्यक्रम हो ।
यस किसिमको मिसनमा विभिन्न कम्पनी, संस्था र अनुसन्धान समूहका साना उपग्रहहरू (जस्तै क्यूबस्याट, माइक्रोस्याट वा अन्य वैज्ञानिक उपकरणहरू) एउटै रकेटमा राखिन्छन् । यसले एउटै प्रक्षेपणमा धेरै उपकरणहरू अन्तरिक्षमा पुर्याउन सकिने सुविधा दिन्छ र ठूलो खर्च पनि बचत हुन्छ । यसरी, साना र लागत प्रभावकारी मिशनहरू सफलतापूर्वक सञ्चालन गर्न सजिलो हुन्छ ।
‘ट्रान्सपोर्टर–१५’ नाम दिइएको यो मिशन क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समय अनुसार बिहान १०ः ४४ बजे फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिएकाे स्पेसएक्सले जानकारी दिएकाे छ ।
स्पेसएक्सका अनुसार मिसनमा कुल १४० पे–लोड (उपग्रह तथा अन्य उपकरण) रहेका थिए, जसमा क्यूबस्याट, माइक्रोस्याट, होस्टेड पे–लोड तथा कक्षान्तरण गर्ने साना यानहरू पनि समावेश थिए । तीमध्ये १३ पे–लोड भने पछि छुट्टै कक्षमा पठाइने छन् ।
स्पेसएक्सले सामाजिक सञ्जाल ‘एक्स’ मा भनेकाे छ, ‘यसको राइडशेयर कार्यक्रममार्फत यसअघि सम्पन्न र अहिले चलाएका मिशनहरू मिलाएर एक हजार ४०० भन्दा बढी पे–लोड सफलतापूर्वक कक्षामा पु–याइएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण