पोखरामा क्लबस्तरीय भलिबल : पुरुषतर्फ बोहोराफाँट र नरेठाँटी फाइनलमा
पोखरा । पोखरामा जारी नवौँ पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिको लागि बोहोराफाँट समाज जापान गलकोट र एनवाइसी गलकोट भिड्ने भएका छन् ।
पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्ट (छन्त्याल समाज)मा भएको पुरुषतर्फको पहिलो सेमिफाइनलमा बोहोराफाँट समाज जापान गलकोटले एपीएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्यो । बोहोराफाँटले २५–२०, २५–२० र २६–२४ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
दोस्रो सेमिफाइनलमा नरेठाँटी युवा क्लब गलकोटले ठकुरी समाज तनहुँलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नरेठाँटीले तनहुँलाई २५–२२, २५–१८ र २५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवाैँ वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता मंसिर ९ गतेदेखि पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा सञ्चालन भइरहेको छ । फाइनल खेल आइतबार हुनेछ ।
महिलातर्फ भने सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर उपाधिका लागि भिड्ने छन् । पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने प्रतियोगिता संयोजक मनोज खड्काले बताए ।
पुरुषतर्फ सेमिफाइनलमा पराजित भएका एपीएफ र ठकुरी समाजले नगद २५/२५ हजार सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् ।
महिलातर्फको विजेताले ६० हजार र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी,स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण