एमाले महाधिवेशन प्रतिनिधि छनोटका लागि धनकुटामा मतदान
धनकुटा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न आज धनकुटामा मतदान सम्पन्न भएकाले भोलि बिहानबाट मतगणना थालिने भएको छ । आज रातिसम्ममा सबै वडाहरू मतपेटिका सङ्कलन गरेर भोलि बिहान ७ बजेबाट मतगणना थालिने भएको हो ।
प्रतिनिधि छनोटका लागि धनकुटाका ६० वटै वडामा मतदान केन्द्र तोकिएको थियो । प्रतिनिधि छनोटका क्रममा असन्तुष्ट नेता इन्द्रमणि पराजुली पक्षले जिल्ला पार्टी कार्यालयसहित केही वडाहरूमा विरोध प्रदर्शन र केही समय अवरोध गरेको थियो । तर, विरोधका बावजुत पनि सबै वडामा मतदान सम्पन्न भएको एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए ।
अहिले अधिकांश वडाहरूबाट जिल्ला पार्टी कार्यालयमा मतपेटिका सङ्कलन भइसकेको छ । सबै वडाको मतपेटिका आइसकेपछि भोलि बिहान ७ बजेबाट पार्टी कार्यालयमा मतगणना सुरु गरिने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।
प्रतिनिधि छनोटका क्रममा सहमति जुट्न नसकेपछि पूर्वनिर्धारित निर्वाचन कार्यतालिका अनुसार मतदान गरिएको एमाले धनकुटाले जनाएको छ । यता, सहमतिका लागि भन्दै अधिकांश उम्मेदवारलाई मनोनयन फिर्ता गराएर अन्तिममा पूर्व तयारी विना नै हचुवा तालमा मतदानमा लगिएको भन्दै नेता पराजुली पक्षले विरोध जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण