एनपीएल रोजेका फाफ डु प्लेसिसले किन छाडे आईपीएल ?
सारांश
- दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर फाफ डु प्लेसिसले आईपीएल २०२६ को अक्सनमा भाग नलिने निर्णय गरेका छन्।
- डु प्लेसिसले आगामी सिजन पाकिस्तान सुपर लिग (पीएसएल) मा ध्यान केन्द्रित गर्ने बताएका छन्।
- उनले १५४ आईपीएल खेल खेलेका छन् र चेन्नइ सुपर किंग्ससँग दुई पटक उपाधि जितेका छन्।
काठमाडौँ। दक्षिण अफ्रिकाका पूर्व स्टार ब्याट्सम्यान फाफ डु प्लेसिसले यस वर्ष हुने आईपीएल २०२६ अक्सनमा सहभागी नबन्ने निर्णय गरेका छन्। नेपालमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सका तर्फबाट अनुबन्ध भएका डु प्लेसिसले आफ्नो आगामी सिजन पाकिस्तान सुपर लिग (पीएसएल) मा केन्द्रित गर्ने तयारी गरेका हुन्।
सोसल मिडियामा डु प्लेसिसले लेखेका छन्, ‘१४ सिजन आईपीएल खेलेपछि यो वर्ष अक्सनमा नजाने ठुलो निर्णय हो। आईपीएलले मलाई धेरै सम्झना, मित्रता र सिकाइहरू दिएको छ।’
डु प्लेसिसले १५४ आईपीएल खेल खेलेका छन् र चेन्नइ सुपर किंग्ससँग दुई पटक उपाधि जितेका छन्। गत सिजन उनले दिल्ली क्यापिटल्सका लागि ९ खेलमा २०२ रन बनाएका थिए र दुई खेलमा टिमलाई कप्तानी समेत गरेका थिए।
उनले भविष्यमा आईपीएलमा फर्किने सम्भावना खुला राख्दै भने, ‘यो बिदाइ होइन, फेरि भेटिन्छौँ।’
डु प्लेसिसले यस वर्ष पीएसएलमा खेल्ने तयारी गर्दै छन्। पहिले पनि उनले पेसावर जल्मी र क्वेट्टा ग्लाडिएटर्सबाट २०१९ देखि २०२१ बीच ६ खेल खेलेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण