परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
सारांश
- एमाले सचिव योगेश भट्टराईले देश र पार्टी दुवै संकटमा रहेको बताएका छन्, र पुनर्गठनको आवश्यकता औंल्याए।
- भट्टराईले भदौ २३ र २४ को घटनाबाट पाठ सिक्दै पार्टीलाई नयाँ तरिकाले पुनर्गठन गर्नुपर्ने बताए।
- उनले आवेग र उत्तेजनाबाट निर्णय नगर्न आग्रह गर्दै संयमता, धैर्यता र सहकार्यमा जोड दिए।
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशसँगै नेकपा एमाले पनि संकटमा रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नेता भट्टराईले संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई पुनर्स्थापित गर्दै राज्यका सवै निकायलाई पुनर्जीवित गर्नुपर्ने चुनौती रहेको बताए । साथै उनले भदौ २३ र २४ को घटनापछि पार्टीलाई कस्तो नेतृत्व र दिशा दिने भन्ने महत्त्वपूर्ण सवाल रहेको पनि बताएका छन् ।
भदौ २३ र २४ को घटनाबाट सकारात्मक र नकारात्मक पाटा रहेको भन्दै सकारात्मक शिक्षालाई ग्रहण गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । उनले कुनैपनि हिंसा र विध्वंस स्वीकार्य नहुने भन्दै पार्टीलाई नयाँ सन्दर्भमा पुनर्गठित गर्नु राष्ट्रिय महाधिवेशनको प्रमुख कार्यभार रहेको बताएका छन् ।
‘हामीले पुनर्गठनको विषयलाई सशक्त ढङ्गले अघि बढाउनुपर्ने छ भने अर्कोतिर नेकपा एमालेलाई एकताबद्ध गर्ने चुनौती पनि छ’, भट्टराईले पार्टी प्रतिनिधि र नेतृत्वलाई दुवै कामलाई सन्तुलित ढङ्गले अघि बढाउन आग्रह गरेका छन् ।
‘हामीले आवेग र उत्तेजनाबाट कुनैपनि निर्णय गर्न पुग्यौ भने त्यसले दुर्घटना निम्त्याउँछ । त्यसकारण आज एमालेका निम्ति आवेग र उत्तेजनाको कुनैपनि अर्थ हुने छैन’, भट्टराईले भनेका छन् ।
उनले संयमता, धैर्यता र सहकार्य एमालेको संस्कृति रहेको भन्दै शक्तिको भाषा बोल्ने समय नभएकोमा जोड दिँदै पार्टीभित्र पनि विविधताबिच एकता कायम गर्नुपर्ने जवजको मूल मान्यता रहेको बताएका छन् ।
नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ । त्यसका लागि शनिबार देशभर प्रतिनिधि छनोटको काम सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण