महाधिवेशन प्रतिनिधि हारेपछि पोखरेलले भने : २० प्रतिशतभन्दा कम मतदान किन भयो समीक्षा गरौँ ?
सारांश
- एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि मतदानको समीक्षा गर्न आग्रह गरेका छन्।
- श्रीमतीको उपचारका लागि अस्पतालमा रहेका उनले वारेसमार्फत उम्मेदवारी दिएका थिए र ३३४ मत मात्र प्राप्त गरे।
- उनले मतदातालाई धन्यवाद दिँदै २० प्रतिशतभन्दा कम मतदान हुनुको कारण समीक्षा गर्न आग्रह गरेका छन्।
हेटौँडा । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि हारेपछि एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले मतदानको समीक्षा गर्न आग्रह गरेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि बन्न उम्मेदवार बनेका पोखरेल शनिबार सम्पन्न निर्वाचनमा पराजित भएका थिए ।
सो पश्चात् उनले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति राख्दै मतदानको विषयमा समीक्षा गर्न आग्रह गरेका हुन् । श्रीमतीको उपचारका लागि वीर अस्पतालमा रहेका अध्यक्ष पोखरेलले अस्पतालबाटै वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । उनको पक्षमा ३३४ मत मात्रै प्राप्त भएको थियो ।
आफू प्रतिनिधिको निर्वाचनमा पराजित भएपछि उनले मतदातालाई धन्यवाद दिँदै यसको समीक्षा हुने बताएका छन् । एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई एमाले अध्यक्षमा समर्थन गर्दै आएका उनले २० प्रतिशतभन्दा कम मतदान हुनुको विषयमा समीक्षा गर्न भनेका छन् ।
‘भ्रामक प्रचारका बाबजुद पनि आफूलाई मतदान गर्ने कमरेडहरूलाई धन्यवाद र समीक्षा गरौँ किन २० प्रतिशत भन्दा कम मतदान भयो ?’ अध्यक्ष पोखरेलले भनेका छन् ।
एमाले मकवानपुरको अधिवेशनका क्रममा उनी कृष्णप्रसाद दाहाल पक्षमा रहेका थिए । उनी नेकपा विभाजनका क्रममा एमाले छाडेर एकीकृत समाजवादीमा गएका थिए भने एमालेको अधिवेशन अघि मात्र नेकपा एकीकृत समाजवादीको अध्यक्ष त्यागेर पुनः एमाले छिरेका थिए । त्यसको केही समयमा भएको अधिवेशनमा एमाले मकवानपुरका अध्यक्षको उम्मेदवार बनेका उनलाई कृष्ण दाहालको बलिया समर्थन रहेको थियो ।
उनले तत्कालीन समयमा विद्यादेवी पक्षमा रघुनाथ खुलाललाई उम्मेदवार बन्न रोकेका थिए । सो निर्वाचनमा पोखरेलले संस्थापन पक्ष (केपी ओली) निकटका इन्द्रमान स्याङ्तानलाई पराजित गरेका थिए ।
अध्यक्ष निर्वाचित भएको केही समय उनले पार्टीका गतिविधिमा सक्रिय सहभागिता देखाएका थिए । तर, पछिल्लो समय उनी पार्टीमा सक्रिय छैनन् । गत वर्ष भएको सवारी दुर्घटनामा घाइते भएपछि उनी पार्टीको गतिविधिमा कम देखिन्छन् । उनले कसैलाई कार्यवाहक दिएका छैनन् । तर, उपाध्यक्ष हिदम लामा (कृष्ण दाहाल निकट)लाई जिम्मेवारीमा अघि सारेका छन् ।
यता महाधिवेशन प्रतिनिधिमा भने ओली समूहले कब्जा गरेको छ । मकवानपुरको २ निर्वाचन क्षेत्रबाट छनोट भएका १७ जना प्रतिनिधिमध्ये अधिकांश ओली समूहका हुन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का प्रतिनिधि सर्वसम्मत रूपमा चयन हुँदा क्षेत्र नम्बर १ मा भने निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनोट गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण