मिलन पाण्डे भन्छन्– केही दिन ‘कुलिङ पिरियड’ लिन्छु
आइतबार, १४ मङ्सिर २०८२, १३ : ३३
सारांश
- विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले रास्वपासँगको एकतामा सामेल नहुने बताएका छन्।
- उनले एकतामा जान लागेका नेताहरूलाई शुभकामना दिएका छन् र केही समय 'कुलिङ पिरियड' लिने बताएका छन्।
- रास्वपा र विवेकशील साझा पार्टीबीच आइतबार एकता घोषणा हुँदैछ।
काठमाडौँ । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकतामा सामेल नहुने बताएका छन् । एकतामा जान लागेका नेताहरूलाई शुभकामना दिँदै उनले केही दिन वा महिना ‘कुलिङ पिरियड’ लिने बताएका छन् । आइतबार रास्वपा र विवेकशील साझा पार्टीबिच एकता घोषणा हुँदैछ ।
एकता घोषणा हुनु केही घण्टा पहिले सामाजिक सञ्जालमा लेख्दै पाण्डेले एकतामा सामेल नहुने बताएका हुन् । ‘म यो एकीकरणमा सामेल छैन । अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु’, पाण्डेले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण