गाजामा इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० हजार नाघ्यो
आइतबार, १४ मङ्सिर २०८२, १३ : ३८
सारांश
- इजरायली सैन्य कारबाहीमा गाजामा ७० हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
- इजरायल र हमासबिच युद्ध विराम भए पनि लडाइँ जारी छ, र इजरायलले युद्ध विराम उल्लङ्घनको प्रतिक्रिया जनाएको छ।
- अक्टोबर १० मा युद्ध विराम पछि ३५० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ।
काठमाडौँ । इजरायली सैन्य कारबाहीमा गाजामा हालसम्म ७० हजार भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्टोबर १० मा इजरायल र हमासबिच युद्ध विराम लागू भएएनि लडाइँ चलिरहेको हो ।
इजरायलले युद्ध विराम उल्लङ्घनको प्रतिक्रिया भन्दै कयौँ हवाई आक्रमण गरेको समाचारमा उल्लेख छ । सात हप्ता अगाडि अमेरिकाको मध्यस्थता हमास र इजरायलबिच युद्ध विराम सम्झौता भएको थियो । पछिल्ला आक्रमणपछि मृत्यु हुने कुल प्यालेस्टिनीको सङ्ख्या ७० हजार १०० पुगेको गाजा स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार, यी मध्ये ३५० भन्दा बढीको मृत्यु अक्टोबर १० को युद्ध विराम पछि भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण