हेटौँडा सडक विस्तारः सामान सार्ने र ‘सेल’मा बेच्ने चटारोमा व्यवसायी, तस्बिरहरू
सारांश
- हेटौँडा बजारमा सडक विस्तारको तयारी सुरु भएपछि व्यवसायीहरूले घर र सटर खाली गर्न थालेका छन्।
- सडक डिभिजन कार्यालयले १५ दिने अल्टिमेटम दिएपछि व्यवसायीहरूले सामान हटाउन थालेका हुन्।
- मंसिर २० गतेबाट सडक विस्तार सुरु हुने भएपछि व्यवसायीहरू पसल खाली गर्न व्यस्त छन्।
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारको तयारी भएसँगै व्यवसायीहरूले घर तथा सटरहरू खाली गर्न थालेका छन् । सडक डिभिजन कार्यालयले सडक विस्तारका लागि १५ दिने अल्टिमेटम दिएसँगै बजार क्षेत्रका व्यवसायीहरू सटर र कोठाका सामान हटाउने चटारोमा देखिन्छन् ।
लामो समयदेखि चर्चामा रहेर पनि रोकिँदै आएको सडक विस्तार कार्य आगामी मंसिर २० गतेदेखि अघि बढाउने गरी सडक डिभिजन कार्यालय मकवानपुरले तयारीलाई तीव्रता दिएको छ । सडक कार्यालयको तयारीबिच व्यवसायीहरू आफैँ सडक सीमा क्षेत्रको सटर तथा कोठाहरू खाली गर्न अघि बढेका देखिन्छन् ।
सडकको २५ गज सीमाभित्र पर्ने संरचना हटाउन दिइएको १५ दिने म्याद (मंसिर १९ गते) सकिनै लाग्दा व्यवसायीहरू पसल खाली गर्न व्यस्त छन् । बजार क्षेत्रमा कतै धमाधम सटरका सामानहरू ट्रक र रिक्सामा लोड गरेर अन्यत्र सारिँदै गरेको देखिन्छ भने कतै स्टक क्लियरेन्स गर्न ‘सेल’ को बोर्ड टाँसिएको छ ।
व्यवसायीहरू वर्षौँदेखि जमेको पसल भत्किने भएपछि सामान सुरक्षित गर्न र व्यवसायलाई अन्यत्र व्यवस्थापन गर्न खटिएका छन् । कतिपय व्यवसायीले भाडा तिरेर भित्री गल्लीहरूमा कोठा र सटर खोजिरहेका छन् भने कतिपयले तत्काल सामान बिक्री गर्न भारी छुटको अफर ल्याएका छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण