पक्राउ परेका शेरचनको रिटमा अदालतले दिएको थियो साताअघि यस्तो आदेश
काठमाडौँ । उच्च अदालत पाटनले एक साताअघि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई देवानी प्रकृतिका विषयमा धरपकड नगर्न र पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको खुलेको छ।
आफूलाई गैरकानुनी रूपमा पक्राउ गर्न लागिएको भन्दै शेरचनले दायर गरेको निषेधाज्ञाको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले गत मंसिर ७ गते नै उनलाई पक्राउ नगर्न आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, 'प्रस्तुत रिट निवेदनको टुङ्गो नलागेसम्म अनुसन्धान गर्नुपर्ने प्रकृतिको सरकारवादी हुने फौजदारी मुद्दामा बाहेक देवानी प्रकृतिको विषयलाई लिएर निवेदकलाई धरपकड नगर्नू, पक्राउ गर्ने कार्य नगर्नू नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ।'
अदालतले बैंकिङ काम कारबाहीसँग जोडिएका विषयहरू कतिपय अवस्थामा देवानी दायित्व (सिभिल नेचर) का हुने संकेत गर्दै शेरचनलाई सुरक्षा प्रदान गरेको थियो। तर, अदालतको उक्त आदेशका बिच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार उनलाई पक्राउ गरेको हो ।
सीआईबीले शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई 'बैंकिङ कसुर तथा सजाय ऐन, २०६४' अन्तर्गत पक्राउ गरिएको जनाएको छ। सीआईबीको दाबी अनुसार कर्जा प्रवाहका क्रममा बैंकलाई हानि नोक्सानी पुर्याएको आरोप उनीहरूमाथि लगाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण