खड्काले ल्याउन लागेको मध्यमार्गी प्रस्तावमा संस्थापनकै असन्तुष्टि
सारांश
- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको महाधिवेशनसम्बन्धी प्रस्तावमा संस्थापन पक्षीय सदस्यहरूले असन्तुष्टि जनाएका छन्।
- खड्काले पुस अन्तिम साता १५औँ महाधिवेशन गर्ने प्रस्ताव ल्याउने तयारी गरेका छन्, जसमा उनीहरूले असहमति जनाएका छन्।
- विशेष महाधिवेशन पक्षधरले प्रस्ताव फिर्ता नलिए पुसमा महाधिवेशनको तालिकाको औचित्य नहुने बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ल्याउने तयारी गरेको महाधिवेशनसम्बन्धी मध्यमार्गी प्रस्तावमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले नै असन्तुष्टि जनाएका छन् । उनीहरूले उक्त प्रस्ताव स्वीकार गर्न नसक्ने चेतावनी दिएका छन् । खड्काले पुस अन्तिम साता पार्टीको १५औँ महाधिवेशन गर्ने प्रस्ताव ल्याउने तयारी गरेका छन् ।
कार्यतालिका ल्याउनुअघि कार्यवाहक सभापति खड्काले वैशाखमा महाधिवेशन हुनुपर्छ भन्ने संस्थापन समूहका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य गुरु बराल, किरण पौडेल, जीतजंग बस्नेतसहितलाई सहयोग गर्न आग्रह गर्न बोलाएका थिए ।
तर, बरालले कार्यवाहक सभापतिसँग आफूहरूको कुरा नमिलेको बताए । बरालले भने, ‘अहिलेसम्म मिलेको छैन । हामीलाई चित्त बुझ्दो प्रस्ताव आएन भने स्विकार्ने अवस्था हुन्न ।’
उनले अगाडि भने, ‘पार्टीमा देखिएको बेमेललाई निराकरण गर्न मध्यमार्गी प्रस्ताव ल्याउन लागेको छु । सहयोग गर्नुपर्यो भनेर कार्यवाहक सभापतिज्यूले आग्रह गर्नुभयो । उहाँले हामीलाई प्रस्तावबारे भन्नुभएन । प्रस्ताव हेरेपछि मात्रै हुन्छ/हुन्न भन्न सक्छौँ भन्यौँ ।’
उनले पार्टीको कार्यालय र सदस्यताको टुंगो नभएको अवस्थामा फास्टट्रयाकमा महाधिवेशन भनेर मात्रै नहुने कार्यवाहक सभापतिलाई बताएको पनि जानकारी दिए ।
खड्कासँग कुरा नमिलेपछि उनीहरू पूर्वपदाधिकारीलाई लिएर सभापति शेरबहादुर देउवालाई भेट्न गएका थिए । बरालले सभापतिलाई भेटेर आफूहरू भर्खर फर्किएको बरालले बताए । देउवालाई भेट्न पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित पुसमा महाधिवेशन हुन हुन्न भन्ने नेताहरू गएका थिए ।
विशेष महाधिवेशन पक्षधरले प्रस्ताव फिर्ता नलिई पुसको तालिकाको अर्थ नहुने भेट्न पुगेका नेताहरूले सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई बताएका छन् । विशेषको प्रस्ताव फिर्ता नलिइए वैशाखमा महाधिवेशन गर्नुपर्ने आफूहरूको अडान कायमै रहने नेताहरूको भनाइ छ ।
महाधिवेशन विवादले पटक–पटक सर्दै आएको केन्द्रीय समिति बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण