एमाले महासचिवमा पीएस गुरुङको दाबी
सारांश
- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी ११औँ महाधिवेशनमा महासचिव पदमा दाबी गर्ने भएका छन्।
- सञ्चारकर्मीको प्रश्नमा गुरुङले महासचिव पदमा दाबी गर्ने बताए।
- एमालेको ११औँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले लड्ने बताइसकेका छन्।
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङले आगामी ११ औँ महाधिवेशनमा महासचिव पदमा दाबी गर्ने भएका छन् ।
सोमबार एमाले निकट प्रेस चौतारीले गरेको अन्तरक्रिया कार्यक्रममा गुरुङलाई आगामी महाधिवेशनमा कुन पदमा दाबी गर्नुहुन्छ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा गुरुङले महासचिव पदमा दाबी गर्ने बताएका हुन् ।
‘महासचिवमै दाबी गरेको छु मैले’, हाँसेर छोटो जवाफ दिँदै गुरुङले भने, ‘दाबी गर्न त पाइन्छ नि !’ एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले लड्ने बताइसकेका छन् ।
महाधिवेशनमा गुरुङलाई पोखरेल समूहले आफ्नो प्यानलमा ल्याउने प्रयास गरिरहेका बेला गुरुङले भने ओली प्यानलमै रहने सङ्केत गरेका छन् ।
एमालेमा ओली समूहबाटै शंकर पोखरेल, प्रदीप ज्ञवाली र गुरुङ गरी तीन जना महासचिवका आकाङ्क्षी देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण