जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस
सारांश
- जलवायु परिवर्तन, उत्सर्जन कटौती र दिगो भविष्यबारे छलफल भयो ।
- युवा नेतृत्वको विकास र सीमान्तकृत समुदायका मुद्दाहरूलाई जोड दिइयो ।
- विकसित राष्ट्रको उत्सर्जनले गरिब मुलुकलाई पार्ने प्रभावबारे चर्चा भयो ।
काठमाडौँ । विश्वव्यापी जलवायु सङ्कटका चुनौती र अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) का निष्कर्षबारे केन्द्रित समीक्षा, उपलब्धि र भावी मार्गचित्र विषयक संवाद सम्पन्न भएको छ ।
युथ एड्भोकेसी नेपालले सोमबार आयोजना गरेको संवादमा सरोकार भएका तथा विज्ञहरूले जलवायु परिवर्तन रोकथाम, कार्बन उत्सर्जन न्यूनीकरण, दिगो भविष्य निर्माण, सीमान्तकृत समुदायका मुद्दा तथा विकसित मुलुकको कमजोर प्रतिबद्धताबारे बहस गरेका थिए ।
कार्यक्रममा आयोजक संस्थाका सल्लाहकार नरेन खतिवडाले जलवायु परिवर्तनसँग जुध्न युवाको नेतृत्व विकास आवश्यक रहेको उल्लेख गरे ।
उपप्राध्यापक प्रतिमा गुरुङले आदिवासी, जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूको मुद्दा अन्तर्राष्ट्रिय मञ्चका प्रक्रियामा समेटिनुपर्ने सुझाव दिए ।
‘लाभिया क्यापासिना’ प्रतिनिधि प्रेमश अधिकारीले विकसित राष्ट्रहरूले उत्सर्जन गर्ने हरित गृह ग्यासको प्रभावले गरिब मुलुकहरू बढी प्रभावित भएको उल्लेख गरे ।
जलवायु अभियन्ता प्रयास अधिकारीले जलवायु नीतिमा लैङ्गिक तथा सीमान्तकृत समुदायको सहभागिता अनिवार्य रहेको बताए ।
एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले राष्ट्रिय तथ्याङ्क, युवा सहभागिता र भावी रणनीतिबारे जानकारी गराउँदै नेपालजस्ता विकासशील राष्ट्रका जलवायु प्राथमिकतामा युवाको आवाज थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण