सामाजिक सुरक्षा भत्ता बढाउन ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा खोजे कोटा
सारांश
- राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता बढाउन माग गरेको छ।
- महासंघले हवाई र सार्वजनिक यातायातमा भाडा छुट र निष्क्रिय रकम ज्येष्ठ नागरिक कोषमा लैजान माग गरेको छ।
- महासंघले ज्येष्ठ नागरिक मैत्री स्वास्थ्य बीमा र शिक्षा पाठ्यक्रममा बुढ्यौली शिक्षा समावेश गर्नुपर्ने माग गरेको छ।
पोखरा । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता बढाउन माग गरेको छ । महासङ्घको आइतबार र सोमबार गोरखामा सम्पन्न तेस्रो केन्द्रीय कार्यसमिति बैठकले आफूहरूको वर्गीकरण गरी उमेर र अवस्थाका आधारमा सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने माग सरकारलाई पठाएको हो ।
उनीहरूले हवाई र सार्वजनिक यातायातमा भाडाको विशेष छुट र भत्ताबापत बैंकमा निष्क्रिय रहेको अरबौँ रकम ज्येष्ठ नागरिकहरूको कोषमा लैजाने गरी नीतिगत निर्णय गर्न पनि माग गरेका छन् ।
यस्तै, स्वास्थ्य बीमालाई व्यवस्थित र ज्येष्ठ नागरिक मैत्री बनाउनुपर्ने महासङ्घको माग छ । वृद्ध भत्ताको रकम बैँकमा दाखिला भएको सुरुको समयदेखि नै व्याजको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।
सरकार, निजी क्षेत्र र व्यक्तिगत तबरमा निर्माण हुने संरचनाहरू ज्येष्ठ नागरिक मैत्री बनाउनुपर्ने विषयमा समेत महासङ्घले निर्णय गरेको छ । उनका अनुसार, माध्यमिक तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा नैतिक शिक्षाका साथै बुढ्यौली शिक्षा समावेशका लागि पहल गर्ने निर्णय भएको छ ।
अन्तरपुस्तामा आएको दुरी पहिचान गरी हटाउन महासङ्घले ७७ वटै जिल्लामा सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । महासङ्घले नै सिफारिस गरेर कम्तीमा १ जनालाई राष्ट्रिय सभामा आरक्षण सिट दिनुपर्ने, स्थानीय तहका सबै वडामा कम्तीमा एउटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र बनाउनुपर्ने लगायत माग गरिएको छ । गोरखामा गरिएको निर्णय सहितको ध्यानाकर्षणपत्र सरकार र दलका सबै तहमा बुझाउने श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण