के छ करिनाले पति सैफलाई लेखेको अनौठो पत्रमा ?
सारांश
- करिना कपुर खानले पति सैफ अली खानलाई एक रमाइलो सन्देश लेखेकी छिन्, जसमा आमा हुनुको अनुभव व्यक्त गरेकी छिन्।
- सैफ र करिनाले २०१२ मा विवाह गरेका थिए र उनीहरूका दुई छोरा छन्: तैमूर र जेह।
- करिना चाँडै मेघना गुलजारको फिल्म 'दायरा' मा पृथ्वीराज सुकुमारनसँग देखिनेछिन्, जुन एक क्राइम थ्रिलर हो।
मुम्बई । बलिउडमा रुचाइएको जोडी हो करिना कपुर खान र सैफ अली खान । दुई मध्य करिना सामाजिक सञ्जालमा पनि सक्रिय रहँदै आएकी छन् । उनले मङ्गलवार (आज) पति सैफका लागि एउटा खास तर निकै रमाइलो सन्देश (लेटर) लेखेकी छिन्, जसले धेरैलाई आश्चर्यचकित बनाएको छ ।
प्रायः रोमान्टिक पोस्टहरू गरिरहने करिनाले लेटरमा आमा हुनुको ‘दुःख’ र रमाइलो पक्षलाई जोडेर इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन् । जसमा सैफलाई सम्बोधन गर्दै भनेकी छन्, ‘हाई सैफ, म त केवल एक आमा हुँ, जो आफ्नो पतिको अगाडि उभिएर केही भन्न चाहन्छु । तर, मलाई अहिले याद छैन कि म के भन्न चाहन्थेँ, किनकि हाम्रा बच्चाहरूले हामीलाई १७५ पटक बिचमा बोलिसके ।’
सैफ र करिनाले १६ अक्टोबर २०१२ मा विवाह गरेका थिए । करिब पाँच वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरूले ‘कोर्ट म्यारिज’ गरेका थिए, जसपछि भव्य रिसेप्सन पार्टी आयोजना गरिएको थियो । अहिले यो जोडीका दुई छोरा छन् । तैमूर अली खान २०१६ र जहांगीर अली खान अर्थात् जेह २०२१मा जन्मिएका हुन् ।
कामको कुरा गर्दा, करिना चाँडै मेघना गुलजारको निर्देशनमा बन्न लागेको फिल्म ‘दायरा’ मा देखिँदै छिन् । यो क्राइम–ड्रामा थ्रिलर फिल्म हो । यसमा करिनाका साथ साउथ इन्डियन स्टार पृथ्वीराज सुकुमारन मुख्य भूमिका रहनेछ । फिल्मले अपराध, सजाय र न्यायबिचको द्वन्द्व तथा समाजका जटिलताहरूलाई पर्दामा उतार्ने बतान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण