सशस्त्र प्रहरीका २३ जना डीएसपीको सरुवा
मङ्गलबार, १६ मङ्सिर २०८२, ११ : ५२
सारांश
- सशस्त्र प्रहरी बलका २३ जना डीएसपीको सरुवा गरिएको छ।
- आईजी राजु अर्यालले डीएसपी सरुवा सम्बन्धी निर्णय गरेका हुन्।
- विभिन्न डीएसपीहरूलाई इन्टेलिजेन्स ब्युरो र अन्यत्र सरुवा गरिएको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलका २३ जना नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ ।
सोमबार आईजी राजु अर्यालले डीएसपी सरुवा सम्बन्धी निर्णय गरेका हुन् । जसअनुसार डीएसपी हरि बहादुर गुरुङ्गलाई हुलदंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा सरुवा गरिएको छ ।
इन्टेलिजेन्स ब्युरोमा दिनेश बहादुर रायमाझी र देवराज विष्टलाई ल्याइएको छ । नम्बर–३ गढीमाई बाहिनी मुख्यालयमा प्रदिप कुमार बस्नेत, विशिष्ट व्यक्ति सुरक्षा गण बाघभैरवमा दिनेश श्रष्ठ र दिनेश कटुवाललाई सरुवा गरिएको छ ।
भुवन अर्याल, शम्भु विक्रम शाह र सत्यराम पुरीलाई पनि इन्टेलिजेन्स ब्युरोमा सरुवा गरिएको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
-
विमान उड्ने बित्तिकै पाइलट बिरामी भएपछि...
-
मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सय डलर नजिक पुग्यो कच्चा तेलको भाउ
-
आयात र निर्यातमा यी हुन् उत्कृष्ट भन्सार कार्यालय, ११ नाकाबाट निर्यात शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण