मंसिर २० गते जनकपुरधाममा नेकपाले एकता सन्देश सभा गर्ने
जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देशसभा आयोजना गर्ने भएको छ ।
१६ वटा विभिन्न राजनीतिक दलहरू मिलेर बनेको नेकपाले जनकपुरधामस्थित तिरहुतिया गाछीमा सन्देशसभा गर्न लागेको हो । संगठन सुदृढीकरण तथा फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरूप देशका विभिन्न प्रदेशमा पुगेर शीर्ष नेताहरूको उपस्थितिमा यस्ता सभा आयोजना गरिँदै आएको नेकपाले जनाएको छ ।
नेकपाका नेता महेन्द्रराय यादवका अनुसार सन्देशसभामार्फत पार्टीभित्रको एकता प्रक्रियालाई अझ सुदृढ बनाउँदै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार रहेको सन्देश प्रवाह गरिनेछ।
उनका अनुसार सभामा सहभागी हुन सहज बनाउन मधेसका आठवटै जिल्लामा सहजकर्ता खटाइएको छ । सन्देश सभामा आठवटै जिल्लाबाट नागरिक सहभागी हुने अनुमान गरिएको छ।
सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण