एनपीएल : रोसिङ्टोनको शतकमा पोखराद्वारा कर्णालीलाई २०२ रनको लक्ष्य
मङ्गलबार, १६ मङ्सिर २०८२, १७ : ४१
काठमाडौँ । एडम रोसिङटोनको शतकको सहयोगमा पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २०१ रन बनायो ।
पोखराका लागि रोसिङटोनले शतकीय पारी खेले । ५७ बल खेलेका उनले ११ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै जेसन सेयले ४६ रन बनाउँदा धनन्जय लक्सनले २३ रनको योगदान गरे । पोखराका कप्तान कुशल भुर्तेलले १८ रन जोडे ।
कर्णालीका लागि मार्क वाट र नन्दन यादवले एक एक विकेट लिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण