गाजामा इजरायली आक्रमण, प्यालेस्टिनी फोटो पत्रकारको मृत्यु
मङ्गलबार, १६ मङ्सिर २०८२, १९ : ४४
गाजा । इजरायली ड्रोन आक्रमणमा खान युनिसको मध्य भागमा प्यालेस्टिनी फोटो पत्रकार महमुद वादीको मृत्यु भएको छ । आइतबार स्थानीय रिपोर्टलाई आधार मानेर अल जजिराले यसबारे जानकारी दिएको हो ।
अल जजिराले प्रमाणित गरेको इन्स्टाग्राममा पोस्ट गरिएको एक भिडियोमा मृतक पत्रकार वादीलाई प्रेस टीसर्ट लगाएर राखिएको देखिन्छ, जसमा उनको मृत शरीर वरपर शोक गर्नेहरू जम्मा भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार गाजामा हालसम्म २६० भन्दा बढी सञ्चारकर्मी मारिएका छन्, जसले यस द्वन्द्वलाई पत्रकारहरूका लागि अहिलेसम्मकै सबैभन्दा घातक भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण