मार्तडी आगलागीबाट दुई करोड क्षतिको अनुमान
सारांश
- मार्तडीमा डिपार्टमेन्ट पसलमा आगलागी हुँदा दुई करोड क्षति भएको अनुमान छ।
- प्रहरीका अनुसार आगलागी विद्युत् सर्ट भएर भएको थियो र दुई घण्टामा आगो नियन्त्रणमा लिइयो।
- जिल्लामा दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या भएको छ।
बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
बडीमालिका नगरपालिका–८ तल्लो जिउलामा रहेको प्रकाश थापाको फर्निचर, गाडी ग्यारेजसहितको डिपार्टमेन्ट पसलमा आगलागी हुँदा रु दुई करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।
आगलागीबाट डिपार्टमेन्ट नजिकै रहेको किरण थापाको घरमा समेत क्षति पुगेको उनले बताए ।
मंगलबार दिउँसो १२ बजेर १५ मिनेटमा विद्युत्को तार सट हुँदा यहाँ आगलागी भएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । जिल्लाका नौ वटै स्थानीय तहमा दमकल नहुँदा आगलागीका घटनामा समस्या हुँदै आएको छ ।
गत जेठ २३ गते बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा पनि आगलागी हुँदा ४० पसल जलेर नष्ट भएका थिए । त्यहाँ पनि स्थानीयवासी, सुरक्षाकर्मी, व्यापारीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण