झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै
सारांश
- झापाका दुई मतदानस्थल असहज परिस्थितिका कारण सारिएका छन्।
- स्वास्थ्य केन्द्रहरू अस्पतालमा परिणत भएपछि मतदानस्थल सारिएको हो।
- नयाँ मतदाताको आधारमा ८०० भन्दा बढी मतदान केन्द्र थपिने अनुमान छ।
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दुई मतदान स्थल असहज परिस्थितिका कारण सारिएको निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।
कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले मतदानस्थल रहेका स्वास्थ्य केन्द्र नगर अस्पतालमा परिणत भएर बिरामीको चाप बढेका कारण अर्को स्थानमा सारिएकाे हाे ।
उनले मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी स्वाथ्य कार्यालय र विर्तामोड नगरपालिका–३ मा रहेको विर्तामोड स्वास्थ्य केन्द्रबाट सारिएको बताए । हाल दुवै स्वास्थ्य कार्यालय नगर अस्पतालमा स्तरोन्नति भएका छन् ।
“नगर अस्पतालमा सेवाग्राहीको चाप बढी हुन्छ”, उनले भने, “चुनावका बेला तीन–चार दिन अस्पताल बन्द गर्नुपर्ने हुन्छ यसो हुँदा सेवाग्राहीलाई असर पर्ने देखेर सारिएको हो ।”
उनले धुलाबारी स्वास्थ्य केन्द्रको मतदानस्थललाई सोही वडाको वडा कार्यालय र विर्तामोड स्वास्थ्य केन्द्रको मतदानस्थललाई नजिकै रहेको डोमालाल राजवंशी रङशालामा सारिएको बताए ।
उनले जिल्लामा विगतमै रहेका ७६६ मतदानस्थल नै कायम रहने जानकारी दिए । उनले जिल्लामा थपिएका ३५ हजार ९८२ जना नयाँ मतदाताको आधारमा मतदान केन्द्र थपिने जानकारी दिए ।
उनको अनुसार एउटा मतदान केन्द्रमा एक हजार जना मतदाता हुनेछन् । उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा ८०० बढी मतदान केन्द्र थपिने अनुमान रहेको बताए । झापामा नयाँ थपिएका मतदातासहितको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण