आत्मघाती गोलले सन्डरल्यान्डसँग हारबाट जोगियो लिभरपुल
बिहीबार, १८ मङ्सिर २०८२, ०४ : १४
सारांश
- लिभरपुल र सन्डरल्यान्डबीचको खेल १-१ को बराबरीमा सकियो।
- सन्डरल्यान्डले सुरुमा गोल गरेर अग्रता लिएको थियो, तर पछि आत्मघाती गोल गर्यो।
- नर्डी मुकिएले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा पुनरागमन गर्यो।
काठमाडौँ। प्रिमियर लिगमा लिभरपुलले अन्तिम समयमा पाएको आत्मघाती गोलले सन्डरल्यान्डसँगको हारबाट जोगिएको छ । नेपाली समयअनुसार बिहीबार राति भएको खेलमा लिभरपुल र सन्डरल्यान्ड १–१ को बराबरीमा रोकिएका हुन् ।
सन्डरल्यान्डले ६७ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो। केम्सडाइन तालेबीले उत्कृष्ट फिनिशिङ्ग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलभरि अवसर सिर्जना गरेपिन गोल गर्न नसकेको लिभरपुल दबाबमा परेको थियो ।
तर ८१ औँ मिनेटमा नर्डी मुकिएले गरेको आत्मघाती गोलले लिभरपुललाई खेलमा फर्काइदियो। उक्त गोलले घरेलु टोलीसमक्ष बराबरी निकाल्ने अवसर दियो र खेल १–१ मा समाप्त भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण