उज्ज्वलकाे गीत ‘फ्यान चल्यो’मा उदय र बिनाको रोमान्स
काठमाडौँ । ‘केह दो’, ‘होना था जो’ लगायत करिब आधा दर्जन बलिउड गीतका गायक उज्ज्वल बाबुको नेपाली गीत ‘फ्यान चल्यो घामको धूपैमा’ सार्वजनिक भएको छ । गीत गायनमा उज्ज्वललाई ‘मेरो भ्वाइस युनिभर्स सिजन २’की प्रतियोगी गायिका जुनु प्रसाईँले साथ दिएकी छन् ।
रोमान्टिक शैलीमा तयार गीतमा प्रेमीले प्रेमीलाई अहिले माया देखाएरपछि ल्याङल्याङ गर्दै धोक दिन नमिल्ने र जीवनभर साथ दिनुपर्ने आशय राखेका छन् । गीतमा शब्द, संगीत र एरेन्ज बाबुल गिरीको छ ।
गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा उदयराज गिरी र बिना राउतको अभिनयमा छ । गीतमा दुबैलाई रोमान्टिक प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको छ । मोडल गिरी एनआरएन पोल्याडका २०२५ देखि २०२७ सम्मका लागि महासचिव हुन् ।
सुरेन्द्र बसेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायाङ्कन र राकेश दाहालको सम्पादन छ । भिडियोलाई अनुराधा गिरी र मदन प्रसाईँले निर्माण गरेका हुन् ।
गायक उज्ज्वल नेपाली हुन् । विगत ७ वर्षदेखि भारतमा रहेर निरन्तर सङ्गीतमा क्रियाशील उनले थुप्रै हिन्दी गीतमा स्वर दिएका छन् । भारतमै २ वर्ष क्लासिकल र प्लेब्याक गायक कोर्ष गरेका उज्वलले म्युजिक उत्पादन तथा साउन्ड इन्जिनियरिङमा डिप्लोमा पनि गरेका छन् । भारतमै नेपाली डबिङ पनि गर्दै आएका उनी बलिउडका विभिन्न शोसँग आबद्ध पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण