राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ : दुर्गा प्रसाईं
सारांश
- नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले जनमत सङ्ग्रहको माग गरेका छन्।
- प्रसाईंले हिन्दु धर्म, राजसंस्था, प्रदेश खारेजी र प्रत्यक्ष कार्यकारी प्रणालीको विषयमा जनमत सङ्ग्रहको माग गरेका हुन्।
- उनले सरकारले माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्, साथै सरकार 'उल्टो बाटोमा' हिँडिरहेको आरोप लगाए।
काठमाडौँ । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले देशमा वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेशको खारेजी र प्रत्यक्ष कार्यकारी प्रणालीको विषयमा जनमत सङ्ग्रहमा जान अन्तरिम सरकारसँग माग गरेका छन्।
उनले लडाइँ नचाहने हो भने जनमत सङ्ग्रह नै ‘अन्तिम विकल्प’ रहेको बताएका छन्। नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको उल्लेख गर्दै प्रसाईंले यस विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग कुरा भएको र गृहमन्त्री आफूहरूको मागप्रति सकारात्मक रहेको जानकारी दिए।
उनले आफ्ना मागहरू नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा आफू ६० प्रतिशत विश्वस्त रहेको बताए। यद्यपि, सरकारले माग पूरा नगरेमा आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनीसमेत दिएका छन्।
प्रसाईंले अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र ‘जेनजी’ लाई टेकेर बनेको सरकारले उनीहरूलाई नै थुनेको आरोप लगाए। उनले सरकार 'उल्टो बाटोमा' हिँडिरहेको बताएका छन् र जेनजी विद्रोहीलाई थुन्न नहुनेमा जोड दिएका छन्।
उनले भने, ‘उहाँहरूले भ्रष्टाचारीलाई पनि कारबाही गर्न सक्नुभएन । जुन जेनजीलाई टेकेर सरकारमा जानुभयो आखिर त्यही जेनजीलाई थुनेको छ । उहाँहरू उल्टो बाटोमा हिँड्नुभएको छ । जेनजी विद्रोहीलाई थुन्नुभएन ।’
उनले राष्ट्र जोगाउन सबैले आफूलाई साथ दिन पनि आह्वान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण