बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमान्डुका शाहबले लिए ह्याट्रिक विकेट

बिहीबार, १८ मङ्सिर २०८२, १५ : २९
बिहीबार, १८ मङ्सिर २०८२

काठमाडौँ । काठमान्डु गोर्खाजका शाहब आलमले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक विकेट लिएका छन् । 

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले अन्तिम ओभरमा तीन विकेट गुमाएको हो ।  काठमान्डुका शाहब आलमले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट हात पारेका हुन् । 

उनले ओभरको पहिलो बलमा ऋषि धवन, दोस्रो बलमा विपिन खत्री र तेस्रो बलमा आकाश चन्दलाई आउट गर्दै ह्याट्रिक लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप