शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एनपीएल : क्वालिफायरमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम

बिहीबार, १८ मङ्सिर २०८२, १९ : ४०
बिहीबार, १८ मङ्सिर २०८२

काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । 

बिहीबार भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजमाथि ४९ रनको जित निकाल्दै क्वालिफायरमा पुग्ने पहिलो टिम बनेको हो । 

योसँगै सुदूरपश्चिम लगातार दोस्रो संस्करणमा क्वालिफायर पुग्ने पहिलो टोली पनि बनेको छ ।  

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२० रन बनायो । 

चितवनका लागि रवी बोपराले सर्वाधिक २९ रनको योगदान गरे । त्यस्तै देव खनालले २८ रन बनाउँदा अर्जुन साउदले १६ रनको योगदान गरे । 

सुदूरपश्चिमका लागि पुनि मेहराले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।  

सुदूरपश्चिमका लागि क्रिस लिनले ७५ रनको अर्धशतकीय पारी खेल्दै रिटायर हर्ट भए । उनले ५६ बलमा ५ चौका ३ छक्का प्रहार गरे । 

सुदूरपश्चिमका लागि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४–२४ रन बनाउँदा विनोद भण्डारीले २१ रनको योगदान गरे । 

बलिङतर्फ चितवनका लागि शैब जैबले दुई विकेट लिँदा रञ्जित कुमार र जर्ज स्क्रिमशाले एक–एक विकेट लिए । 

आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको एनपीएलको क्वालिफायरमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप