हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबिच भगिनी सम्बन्ध स्थापना
स्याङ्जा । स्याङ्जामा रहेको अर्जुनचौपारी गाउँपालिका र दार्चुलामा रहेको अपिहिमाल गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अर्जुनचौपारी गाउँपालिकामा एक हजार ९०० मिटर (हाइअल्टिच्यूड) को उचाइमा क्रिकेट रङ्गशालासहित विविध पर्यटन, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण, प्रवर्द्धन, सामाजिक सेवामा साझा पहल र अनुभव आदानप्रदान, युवा, महिला तथा पिछडिएको समुदायलाई सशक्त बनाउनेलगायत विषयमा सम्झौता भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष बोहराले जानकारी दिए ।
निर्माणाधीन क्रिकेट रङ्गशाला सोही पालिका जन्मथलो भएका चर्चित क्रिक्रेटर सन्दिप लामिछानेको सम्मानमा निर्माण भइरहेको जनाउँदै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारी उक्त क्रिक्रेट मैदानमा प्रतियोगिता सञ्चालन गरी विश्वमाझ अर्जुनचौपारी चिनाउने तयारी थालिएको बताए ।
आर्थिक विकास, कृषि उत्पादन, व्यापार र स्थानीय रोजगारी सिर्जना, दीर्घकालीन सांस्कृतिक, सामाजिक र मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउने सम्झौतामा उल्लेख छन् ।
सहकार्यका लागि दुवै पालिकाबाट संयोजकसहित भगिनी सम्बन्ध समन्वय समिति गठन गर्ने, वेबसाइट, सूचना प्रणाली, रिपोर्टमार्फत नियमित जानकारी आदानप्रदान र स्रोत, साधनको परिचालनका साथै प्राविधिक सहयोग गरिने अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिए ।
सम्झौतामा पर्यटन, संस्कृति र धार्मिक सम्पदा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्वनका लागि सहकार्य गरिने छ । अर्जुनचौपारीमा रहेको नेपालको पहिलो नवग्रह मन्दिर र अपिहिमाल पालिकामा रहेको अपिहिमालसहित अन्य पर्यटकीय गन्तव्य, उच्च हिमाली पर्यटन, साहसिक र ट्रेकिङ मार्गको विकास र सुरक्षा, सांस्कृतिक कार्यक्रम, जात्रा तथा उत्सव, मौलिक परम्पराको संरक्षण, प्रवर्द्धन र पर्यटक सुरक्षाका लागि प्राविधिक तालिम, मार्ग र सुविधा विकासमा सहकार्य गरिने सम्झौतापत्रमा उल्लेख छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहहरूबीच सहकार्य, समन्वय र साझेदारीलाई प्रोत्साहन गर्ने व्यवस्थाअनुरुप आफूहरूले यस्तो सम्झौता गरेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण