टेम्केमैयुङका ७२ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
सारांश
- टेम्केमैयुङ गाउँपालिकाले ७२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ, जसले स्वास्थ्य प्रवर्द्धनमा योगदान पुर्याएका थिए।
- उपाध्यक्ष रमादेवी राईले स्वयंसेविकाहरूको सक्रियता महत्त्वपूर्ण रहेको बताइन्, जसले परिवार नियोजन लगायतका क्षेत्रमा काम गरे।
- आगामी वर्षहरूमा स्वयंसेविकाको क्षमता अभिवृद्धि र प्रोत्साहनका कार्यक्रमहरूलाई निरन्तरता दिइने छ।
भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिकाले सामुदायिक स्वास्थ्य प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका ७२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । स्थानीयस्तरमा स्वास्थ्य सेवा अभिवृद्धिमा उनीहरूले निर्वाह गरेको भूमिकाको कदरस्वरूप गाउँपालिकाले कदरपत्र र न्यानो कपडा प्रदान गरेको हो ।
नागरिकस्तरमा महिला स्वयंसेविकाहरूले पुर्याएको कदरसँगै मनोबल उच्च बनाउने लक्ष्यले नौवटै वडाका स्वयंसेविकालाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन्। स्वयंसेविकाहरूले परिवार नियोजन, मातृ स्वास्थ्य, खोप अभियान, पोषण सुधार तथा स्वास्थ्य सचेतनामा देखाएको सक्रियता महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
“नागरिक तहमा महिला स्वास्थ्य स्वयंसेविकाले निभाउँदै आएको भूमिका अत्यन्त प्रेरणादायक छ”, उपाध्यक्ष राईले भनिन्, “समुदायमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो । यसले उनीहरूमा अझ थप ऊर्जा, आत्मविश्वास र सेवा उत्साह वृद्धि हुने अपेक्षा छ ।”
गाउँपालिकाले आगामी वर्षहरूमा स्वयंसेविकाको क्षमता अभिवृद्धिका लागि तालिम, प्रोत्साहन र नियमित समन्वय कार्यक्रमलाई अझ व्यवस्थित रूपमा अघि बढाउने जनाएको छ । बाइसौँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममार्फत उनीहरूलाई सम्मान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण