क्रिकेट हेर्न टीयू ग्राउन्डमा दर्शकको उत्साहजनक उपस्थिति, तस्बिरहरू
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ ।
जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर भेट्टायो । जसमा साम हिजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । साम ५१ र फाफ ५० रनमा आउट भए । सुदूरपश्चिमका अविनाश बोहराले दुई र हर्मित सिंहले एक विकेट हात पारे ।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनायो । जसमा आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन जोडे ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन र प्रतिश जिसीले दुई विकेट हात पारे । आजको जितले विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ । सुदूरपश्चिम यसअघि नै क्वालिफायर पुगिसकेको थियो । इलिमिलेटरमा काठमाडौं र लुम्बिनी खेल्नेछन् । आजै ३ः३० बजे चितवन राइनोज र पोखरा एभेञ्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
शनिबार क्रिकेट हेर्न टियु ग्राउन्डमा उत्साहजनक दर्शकको उपस्थिति रहेको छ । हेरौँ तस्बिर :
_S226aepqQt.jpg)
_qqXLg5Yfgb.jpg)
_PSp2yc9Djc.jpg)
_cu3NzRSxIV.jpg)
_iYHIK4ld49.jpg)
_3I3A2MIgIs.jpg)
_kqV8nC3iZg.jpg)
_0JdYDCzcBw.jpg)
_55WwfXCGar.jpg)
_jSf28DkVqv.jpg)
_M9mufXpp59.jpg)
_0WcPsQczG4.jpg)
_m11CcNxumT.jpg)
_zuz33G8Hq8.jpg)
_MQkrTw7AVk.jpg)
_XH8dKi5rfd.jpg)
_pVGDqEqqWY.jpg)
_EG19LDp4Ol.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण