सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान
सारांश
- कञ्चनपुरका जनक चौधरी विदेशबाट फर्केर गाउँमै व्यावसायिक तरकारी खेतीमा लागेका छन्।
- उनले तरकारी खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्छन् र युवा पुस्तालाई स्वदेशमै काम गर्न उत्प्रेरित गर्छन्।
- जितबहादुर चौधरी पनि व्यावसायिक तरकारी खेतीमा लागेका छन् र उनले उत्पादन ढुवानीका लागि गाडी किनेका छन्।
कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न छन् ।
“साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो”, उनले भने, “जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ ।”
परम्परागत रूपमा खेती गर्दा मुस्किलले परिवारको भरणपोषण गर्न पुग्ने जग्गामा उनले सागसब्जीखेती गरेर वर्षमा रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनी बालुवाफाँटाका सफल व्यावसायिक किसानका रूपमा परिचित छन् । उनले दुई विघामा बाह्रै महिना सागसब्जीखेती गर्दै आएका छन् । काउली, खुर्सानी, गोलभेँडालगायत सागसब्जी लटरम्म फलाएर उनी विदेश जान मरिहत्ते गर्ने युवा पुस्तालाई स्वदेशमा नै परिश्रम गर्न सुझाउँछन् ।
पौरखी चौधरीबाट प्रेरणा पाएर सोही स्थानका जितबहादुर चौधरी पनि व्यावसायिक सागसब्जीखेतीमा लागेका छन् । आफ्ना उत्पादन बनारससम्म पुर्याउन उनले खेतबाट कमाएको रकमले एउटा ‘पिकअप भ्यान’ पनि खरिद गरेका छन् । अन्नबालीभन्दा सागसब्जीबाट कुस्त कमाइ भएपछि उनले त्यसमा नै आफूलाई केन्द्रित गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण