१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
सारांश
- मोरङको लेटाङमा १३ वर्षीया किशोरी अंशु गौतमको हत्यामा छिमेकी पक्राउ परेका छन्।
- अनुसन्धानका क्रममा छिमेकीको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
- किशोरी असोज २१ गतेदेखि बेपत्ता थिइन्, उनको शव कात्तिक ७ गते फेला परेको थियो।
मोरङ । मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया किशोरी अंशु गौतमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।
किशोरीको हत्या गरेको अभियोगमा प्रहरीले उनकै छिमेकीलाई पक्राउ गरेको हो। घटनाको अनुसन्धानका क्रममा छिमेकीको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गएको असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र उनको शव फेला परेको थियो। प्रहरीका अनुसार शव टाउको र शरीर छुट्टिएको तथा सडेर क्षतविक्षत भएको बीभत्स अवस्थामा भेटिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घरबाट हराएकै दिन अंशुको हत्या भएको देखिएको छ। मृतक अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्। घटनाको विस्तृत जानकारी तथा पक्राउ परेका अभियुक्तबारे जानकारी दिन मोरङ प्रहरीले आज बिहान साढे १० बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ। प्रहरीले अभियुक्तबारे विस्तृत खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण