राष्ट्रिय आवास कम्पनीका प्रमुखमाथि दुर्व्यवहार
काठमाडौँ । राष्ट्रिय आवास कम्पनी पुनर्वासका प्रमुख महेन्द्र थापामाथि नेकपा (बहुमत) निकट युवा संगठनले दुर्व्यवहार गरेको छ ।
आइतबार संगठनका कार्यकर्ताहरूले थापामाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउँदै ‘जनकारबाही’ को नाममा दुर्व्यवहार गरेका हुन् ।
संगठनको ५ नम्बर ब्युरोका इन्चार्ज मिलन थापाले एक विज्ञप्ति जारी गर्दै प्रमुख थापामाथि विभिन्न ६ बुँदे आरोप लगाएका छन् । विज्ञप्तिमा नवलपरासीको बर्दघाट नगरपालिका–चिसापानीस्थित ‘दमा सेन्टर’ को ८ बिघा २ कठ्ठा १२ धुर जग्गा गोप्य टेन्डरमार्फत तिमिल्सना ट्रेडर्सलाई बिक्री गरेको, कावासोतीमा १५ कठ्ठा जग्गा गैरकानुनी रूपमा बिक्री गरेको र श्रीमती तथा भाउजूलाई पदको दुरुपयोग गरी जागिर खुवाएको आरोप लगाइएको छ ।
यस्तै, संगठनले थापामाथि जग्गाको रेकर्ड गायब पारेको, भू–माफियासँग मिलेर सरकारी जग्गा हिनामिना गरेको र जग्गाधनी पुर्जा दिँदा प्रतिधुर १० हजार रुपैयाँ घुस लिएको दाबी गरेको छ । पटक–पटक सच्चिन आग्रह गर्दा पनि अटेर गरेकाले सांकेतिक कारबाही गरिएको संगठनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
-
बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण