कांग्रेसका ७ निवर्तमान सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा
काठमाडौँ । नेपाली कांग्रेसका ७ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा गएका छन् ।
विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुन जागा रिट लिएर सर्वोच्च गएका हुन् । उनीहरूले संसद् पुनर्स्थापनाको मागको वारेस लिएर पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई सर्वोच्च अदालतमा पठाएका छन् ।
सचेतक थिङले ७ जनाले सर्वोच्चमा पुनर्स्थापना माग गर्ने तयारी आफूहरूको रहेको रातोपाटीलाई जानकारी दिइन् ।
रिट सर्वोच्च अदालतमा पेस गरिएको र सोमबार दर्ता हुने जानकारी अदालत प्रशासनबाट आएको पूर्वमहान्यायाधिवक्ता खातीले बताए । निवेदन संवैधानिक इजलासमा दर्ताका लागि पेस भएको र अध्ययनपछि सोमबार दर्ताबारे निर्णय हुने अदालतले जनाएको छ ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी नेकपा एमाले तथा सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधीन छन् । कांग्रेस बाहेकका अरु रिटको पहिलो सुनुवाइ भएको छ । सर्वोच्चले यसअघि दर्ता भएका सबै रिटहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरिसकेको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलन र प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा सरकार बनेको थियो । कार्कीले शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन सिफारिस गरेकी थिइन् । उक्त सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण