ईश्वरको ‘काउन्टर’ प्रस्ताव तयार, ओलीलाई बुझाउने
सारांश
- वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको महाधिवेशनमा अध्यक्ष पदका लागि अलग्गै राजनीतिक प्रस्ताव तयार पारेका छन्।
- पोखरेलले आफ्नो प्रस्तावमा जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था, पार्टी पुनर्गठन, र नवयुवाहरूको भावनालाई समेटेका छन्।
- पोखरेल पक्षले भदौ २३ पछिको परिस्थितिको समीक्षा र नयाँ कार्यदिशाको आवश्यकतामा जोड दिएको छ।
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार पारेका छन् ।
अध्यक्ष ओलीले महाधिवेशनमा आफ्नोबाहेक कुनै प्रस्तावमा छलफल नहुने बताइरहेका बेला पोखरेलले फरक मतसहित तयार पारेको प्रस्ताव छलफलका लागि लैजान लागेका हुन् ।
आफूले तयार पारेको प्रस्तावबारे पोखरेलले अध्यक्ष ओलीसँग छलफल गर्ने भएका छन् ।
‘आज अध्यक्ष ओलीसँग आफ्नो डकुमेन्टबारे नेता पोखरेलले छलफल गर्दै हुनुहुन्छ’, पोखरेल निकट एक नेताले भने, ‘राजनीतिक प्रस्तावकै रूपमा तयार भैसकेको प्रस्ताव छ । एक पटक अध्यक्षलाई देखाउने र महाधिवेशनमा पेस गर्ने कुरा भइरहेको छ ।’
पोखरेलले तयार पारेको प्रस्तावमा जेनजी आन्दोलन अघि र पछिको मुलुकको राजनीतिक अवस्था र त्यसको समीक्षा, पार्टी पुनर्गठन र लोकतान्त्रीकरणको सन्दर्भ, अहिलेको अवस्थामा पार्टीले लिनुपर्ने नीति र देशलाई दिनुपर्ने निकास, नवयुवाहरूको मनोभावना र पार्टीले लिनुपर्ने बाटो तथा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिलाई समेटिएको छ ।
पोखरेल पक्षले पार्टीमा भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा हुनुपर्ने बताउँदै आएको छ । साथै सो समूहले एमालेले विकसित परिस्थितिमा एमालेको नयाँ कार्यदिशा बन्नुपर्ने जोड दिए पनि अध्यक्ष ओली त्यसलाई स्विकार्न तयार भैसकेका छैनन् ।
गत भदौ २० देखि २२ गतेसम्म भएको एमाले विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्ताबेज पारित गरेको थियो । तर ती प्रतिवेदनहरूमा सुधार गर्नुपर्ने भएकाले थप छलफल हुनुपर्ने आवश्यकता रहेको पोखरेल समूहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण