गोलभेँडाको मूल्य ३३ प्रतिशतले घट्यो
सारांश
- गोलभेडाको मूल्यमा गिरावट आएको छ, लोकल सानो गोलभेडाको मूल्य ३३ प्रतिशतसम्म घटेको छ।
- तराई, भारतीय र टनेल गोलभेडाको मूल्य पनि घटेको छ, जसले उपभोक्तालाई राहत दिएको छ।
- नेपाली र भारतीय ठुलो गोलभेडाको मूल्यमा पनि गिरावट आएको छ, तर प्रतिशत केही कम छ।
काठमाडौँ । गोलभेँडाको मूल्य ३३ प्रतिशतसम्म घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको दैनिक मूल्य विवरण अनुसार गत सोमबार प्रतिकिलो ९० रुपैयाँ पर्ने लोकल सानो गोलभेँडा ३३ प्रतिशतले घटेर आज (सोमबार) ६० रुपैयाँ औसत मूल्य तोकिएको छ ।
यस्तै तराई सानो गोलभेँडा गत सोमबार प्रतिकिलो ११५ रुपैयाँ औसत मूल्य रहेकोमा आज ३०.४३ प्रतिशतले घटेर ८० रुपैयाँ कायम भएको छ । यस्तै भारतीय सानो गोलभेँडा पनि २५.७१ प्रतिशतले घटेर ६५ रुपैयाँ औसत मूल्य कायम भएको छ ।
गत सोमबार यो गोलभेँडाको मूल्य प्रतिकिलो ८७.५० रुपैयाँ रहेको थियो । टनेल सानो गोलभेँडा गत साता ११७.५० रुपैयाँ २०.५७ प्रतिशतले घटेर प्रतिकिलो ९३.३३ रुपैयाँ औसत मूल्य कायम भएको छ ।
त्यसैगरी नेपाली ठुलो गोलभेँडा गत सोमबार १०५ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेकोमा आज १९ प्रतिशतले घटेर ८५ रुपैयाँ कायम भएको छ । भारतीय ठुलो गोलभेँडा १३ प्रतिशतले घटेर १०० रुपैयाँ प्रतिकिलो कायम भएको छ । गत सोमबार यो गोलभेँडा प्रतिकिलो ११५ रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण