मङ्सिर २८ गते काठमाडौँमा रैथाने, मौलिक खाद्य स्वच्छता मेला हुने
सोमबार, २२ मङ्सिर २०८२, २२ : ४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आयोजनामा रैथाने, मौलिक खाद्य स्वच्छता मेला–२०८२ हुने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी काठमाडौँ महानगरपालिकाको स्थापना दिवसको पूर्वसन्ध्यामा आगामी मङ्सिर २८ गते मेला आयोजना गर्न लागेको जनाएको हो ।
स्थानीय पहिचान प्रवर्द्धन र संरक्षण हुने गरी स्वच्छ खानपान र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकै ठाउँमा जोड्न मेला आयोजना गरिएको महानगरपालिकाले जनाएको छ । उक्त मेला नक्सालस्थित नन्दकिशोर बगैँचा (नारायण चौर) मा सञ्चालन हुनेछ ।
मेलामा काठमाडौँ महानगरभित्रका ३२ वटै वडाबाट कम्तीमा एक÷एक वटा स्थानीय रैथाने खाद्यसम्बन्धी स्थल रहने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण