बुवाको हत्या गरेको अभियोगमा छोरी पक्राउ
मङ्गलबार, २३ मङ्सिर २०८२, १२ : ४८
सारांश
- दैलेखमा एक युवतीले आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
- २७ वर्षीया तिर्सना रामजाली मगरले काठको चिरपटले प्रहार गर्दा बुवा धनबहादुर गम्भीर घाइते भएका थिए।
- घाइते धनबहादुरको उपचारको क्रममा मृत्यु भएको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
दैलेख । आफ्नै बुवा ६५ वर्षीय धनबहादुर रामजाली मगरको हत्या गरेको अभियोगमा दैलेख प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। नौमुले गाउँपालिका-५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजाली मगरलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।
तिर्सनाले काठको चिरपटले प्रहार गर्दा धनबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। चिरपट प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण