एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षकका सवारीसाधन राख्नका लागि तीन ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।
एमालेका सचिव गोकर्ण विष्टको संयोजकत्वमा रहेको यातायात व्यवस्थापन समितिले सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थित रुपमा पार्किङ गर्नका लागि भक्तपुरका तीन ठाउँमा पार्किङको व्यवस्था मिलाएको हो ।
काठमाडौँदेखि पश्चिमबाट आएका सवारीसाधनलाई गट्ठाघरबाट उत्तरतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण र सिटिइभिटीको चौरमा राखिने व्यवस्था मिलाइएको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतमले जानकारी दिए ।
यस्तै, काठमाडौँदेखि पूर्वतर्फबाट आएका सवारी साधनलाई जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था मिलाइएको छ । यस्तै, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोटलगायतका स्थानबाट आएका सवारीसाधनलाई भने कमलविनायक करिडोरमा पार्किङको व्यवस्था मिलाइएको अध्यक्ष गौतमले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन यातायात व्यवस्थापन समितिले महाधिवेशनमा भाग लिन आएका सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थापन गर्नका लागि नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको संयुक्त प्रतिनिधि रहनेगरी १५ सदस्यीय यातायात व्यवस्थापन समिति गठन गरेको थियो ।
अध्यक्ष गौतमले हाल तीन हजार सार्वजनिक भाडाका सवारीसाधन र दुई हजार निजी सवारीसाधन पार्किङका लागि व्यवस्थापन गरिए पनि थप सवारीसाधन आएमा अन्य ठाउँमा पार्किङ गर्नेगरी व्यवस्था मिलाइएको बताए । उनले महाधिवेशनमा आएका सवारीसाधन पार्किङका लागि समस्या नहुने उल्लेख गरे ।
आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुन लागेको एमालेको महाधिवेशनमा भाग लिन हाल ३० प्रतिशत नेता तथा कार्यकर्ता काठमाडौँ आइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित
-
एडीबीका अध्यक्ष कान्डाको नेपाल भ्रमणमा के–के भयो ?
-
आफ्नै एआई चिप बनाउँदै छ डिपसिक
-
‘साउन पहिलो सातादेखि प्रदेश सरकारहरू हेरफेर हुन्छन्, बागमतीको मुख्यमन्त्रीमा मेरो दाबी छ’
-
क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक
-
सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण