बेलायतमा पहिलो पटक गुञ्जिँदै ‘मंगोलियन हार्ट’
काठमाडौँ। लोकप्रिय नेपाली ब्यान्ड ‘मंगोलियन हार्ट’ बेलायतमा पनि गुञ्जिने भएको छ ।
ब्यान्डले पहिलोपटक बेलायतमा लाइभ प्रस्तुति दिन लागेको हो । ब्यान्ड सदस्यहरू बुधबार (१० डिसेम्बर)मा लाइभ कन्सर्टका लागि नेपालबाट प्रस्थान गर्दैछन् ।
मुख्य कन्सर्ट १३ डिसेम्बरमा ह्यारो सेन्टर, लन्डनमा हुनेछ । यस विशेष कन्सर्टको आयोजना जीटी बेस इन्टरटेन्मेन्टले गरेको हो । कन्सर्टमा ब्यान्डका चर्चित गीतहरू लाइभ गुञ्जिनेछन् । ब्यान्डको 'पर्खाइमा', 'बादलपारिको देशबाट', 'गाजलु टीका', 'सुम्निमा', 'म मायाँ लाउँदिनँ', 'तिमीलाई देखेर', 'सायद तिम्रो बाटोमा'लगायत दर्जनौँ गीत हिट छन् ।
ब्यान्डका म्यानेजर तथा गिटारिष्ट बोबी लामाले कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए । ‘हामी सबै तयार छौँ र युकेका दर्शकहरूलाई लाइभ प्रस्तुतिसँग जोडिन पाउँदा लालायित पनि छौँ,’ उनले भने ।
३३ वर्षअघि सन् १९९२ मा स्थापना भएको मंगोलियन हार्टले लोक, स्लो रक, पप मेलोडीलगायत जनराका गीत गाउने गर्छ । ब्यान्डमा राजु लामासहित रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण