सातौं दिनमा बढ्यो सेयर बजार
मङ्गलबार, २३ मङ्सिर २०८२, १५ : ४७
काठमाडाैँ । सेयर बजार परिसूचक आज बढेको छ । ६ दिनको लगातार गिरावटपछि आज मंगलबार बजार ७.३९ अंकले बढेको हो । योसँगै परिसूचक २६१४.०७ अंकमा पुगेको छ ।
बजार बढे पनि आज कारोबार रकम घटेको छ । बजारमा आज ३ अर्ब ७५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा १४८ वटा कम्पनीको मूल्य बढेको छ । १०१ कम्पनीको मूल्य घटेको छ । ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा १३ समूहका सूचकमध्ये चारवटा समूहका सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेका छन् । घटबढ भएका सबै समूहका परिसूचकमा १ प्रतिशत भन्दा कमको उतारचढाव देखिएको छ।
आज बजारमा स्वस्तिक लघुवित्तको स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र माथिल्लो मैलुङखोला जलविद्युतको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण