यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा
मङ्गलबार, २३ मङ्सिर २०८२, १६ : ५७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने एसीसी मेन्स यू–१९ एसिया कपका लागि नेपाली राष्ट्रिय युवा टोलीको घोषणा गरेको छ।
क्यानले अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोलीको टुंगो लगाएको हो। क्यानका प्रवक्ता छुम्बी लामाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आगामी सन् २०२५ को डिसेम्बर १२ देखि २१ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको जानकारी दिएका छन्।
घोषित टोलीमा कप्तान धामीका अलावा निरज कुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ र साहिल पटेल रहेका छन्। त्यस्तै दयानन्द मण्डल, निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन राम र रोशन बि.क. पनि टोलीमा अटाएका छन्।
अन्य सदस्यहरूमा विपिन शर्मा, वंश छेत्री र युवराज खत्रीलाई छनोट गरिएको क्यानले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण