बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साइबर अपराध र अनलाइन ठगी रोक्न अष्ट्रेलियाको नयाँ कदम

मङ्गलबार, २३ मङ्सिर २०८२, २२ : २३
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन्।
  • यो नियम बुधबारदेखि लागू हुँदैछ, र यसले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्षमुनिका बालबालिकालाई खाता खोल्न नदिन निर्देशन दिएको छ।
  • नियम उल्लंघन गरेमा बालबालिका वा अभिभावकलाई सजाय हुने छैन, तर सामाजिक सञ्जाल कम्पनीलाई जरिवाना लाग्न सक्छ।

क्यानबेरा। अष्ट्रेलियामा अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन् । प्रधानमन्त्री एन्टोनी अल्बानीजले यो कदमले बालबालिकालाई सुरक्षित र स्वस्थ वातावरणमा हुर्किन मद्दत गर्ने बताए ।

यो नियम बुधबारदेखि लागू हुँदैछ । सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न नदिने व्यवस्था गर्न भनेको छ ।

हाल फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट जस्ता १० वटा सञ्जालमा यो नियम लागू हुनेछ ।

प्रधानमन्त्रीले भने, “आजका बालबालिका मोबाइल र सामाजिक सञ्जालका धेरै प्रभावमा हुने भएकाले उनीहरूलाई केही राहत दिने उद्देश्यले यो निर्णय गरिएको हो ।”

यदि नियम तोडियो भने बालबालिका वा अभिभावकले कुनै सजाय पाउने छैनन् । जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीकै हुनेछ । नियम बारम्बार नमान्ने कम्पनीलाई ठुलो जरिवाना लाग्नेछ ।

सरकारले उमेर पत्ता लगाउने प्रविधि पूर्ण रूपमा काम गर्न केही समय लाग्न सक्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप